सर्लाहीः घरमा एक्लै बस्दै आएकी महिलाको मृत्यु, शव सडिसकेपछि थाहा पाए स्थानीयले

लालबन्दी : सर्लाहीमा एक वृद्धा घरभित्रै मृत फेला परेकी छन्।

लालबन्दी नगरपालिका-१६ परवानीपुरमा ७३ वर्षीया जगतदेवी बस्नेत आफ्नै घरभित्र मृत फेला परेकी हुन्।

शव सडेर गह्नाउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शवको प्रकृति हेर्दा वृद्धाको दुई/तीन दिनअघि नै मृत्यु भएको जस्तो देखिएको इलाका कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए। वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन्।

वृद्धाको श्रीमान् बितिसकेका छन् भने जेठा छोरा सर्लाहीकै हरिवनमा बस्दै आएका। त्यस्तै रोजगारीका सिलसिलामा वीरगन्जमा रहेका कान्छा छोरा आमाको मृत्यु भएपछि भने घर आएका निरीक्षक पाठकले सर्लाही न्युजसँग बताए।

वृद्धाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

 

सम्बन्धित समाचार

सबै