काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यस्तोमा भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा आवश्यक सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ।
हाल कोशी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
भोलि बुधबार दिउँसो कोशी,मधेश,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने पनि जनाइएको छ। साथै कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भोलि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
साथै कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भोलि भारी वर्षाको पनि सम्भावना रहेको छ।