गोडैता : बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन्। उनले बिहीबार दिउँसो भौतिक पूर्वधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग टेलिफोन वार्ता गरी जानकारी लिएको बताएका छन्।
अहिले तीन ठाउँको अवरोध हट्न बाँकी रहेकोले भोलि बिहान १० बजेभित्र हट्नेछ।
असोज ११ र १२ गते अविरल वर्षा कारण आएको बाढीपहिरोले राजमार्गको करिब १२ किलोमिटर सडक भत्काएको थियो। अधिकांस राजमार्गहरू सञ्चालनमा आइसकेका छन्। बीपी राजमार्ग भने निर्माणकै चरणमा छ।