
लालबन्दी : सिरहामा युवकको शव फेला परेको छ।
सुखीपुर नगरपालिका-१० लालसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोलाको किनारमा सोमबार अपराह्न अन्दाजी २० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले बताए।
शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ।