गोडैता : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
जिल्लाको मरिण गाउँपालिका-७ ठाँटीस्थित सडकमा सिन्धुलीबाट मरिणछापतर्फ आउँदै गरेको बा.८६ प. ६०३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मरिण गाउँपालिका-७ बस्ने १८ वर्षीय संदिप स्याङतानको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।