बिपी राजमार्गमा २४ सै घण्टा सवारी साधन चलाउन पाइने

खुर्कोट : बिपी राजमार्गको धुलिखेलदेखि भकुन्डेबेसीसम्म आजदेखि चौबिसै घण्टा सवारी साधन चलाउन पाइने भएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै आजदेखि चौबिसै घण्टा धुलिखेल-भकुण्डेबेसी सडकखण्डमा सवारी साधन चलाउन पाइने बताएको हो।

असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोका कारण बिपी राजमार्गमा अवरोध आएकाले असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन बन्द गरिएको थियो।

आजदेखि सोही अवधिमा पनि सवारी साधन चलाउन पाउने सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै