करेन्ट लागेर वृद्धको मृत्यु

गोडैता : सिन्धुलीमा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुधौली नगरपालिका-११ तल्लो धनसरीका ६० वर्षीय गोविन्दनाथ अधिकारी रहेका छन्।

तल्लो धनसरीबाट सातपत्रे गाउँ जाने कच्ची सडकमा बिजुलीको पोलबाट चुँडिएको तारबाट करेन्ट लागेर उनको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै