सर्लाही : मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीको घुम्तीमा काठमाडौँबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना भएको हो । प्रदेश नं.३-०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको हो।
अनामनगरमा रहेको लिवरटी कलेजबाट उक्त गाडी ३३ जना विद्यार्थी लिएर गएको प्रहरीले जनाएको छ । बसमा सवार २१ जना सामान्य घाइते भएका छन् । उनीहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरूमा सर्लाही कौडेना गाउँपालिका १ बस्ने २० वर्षीय राहुल साह, हरिवन नगरपालिका-४ का २२ वर्षीय निरञ्जन साह, सुनसरी हरहरी ८ बस्ने २२ वर्षका निशान रसाइली, बटेश्वर २ बस्ने वर्ष २४ का सुरज कुमार परियार, बर्दिया मधुवन ६ का २० वर्षीय सुवास नेपाल, काभ्रे तेमाल ६ बस्ने २१ वर्षका सौगात त्रिपाठी, काठमाडौँका साईरस तामाङ, सुर्यबिनायककी अनामितका सुवार, जनकपुर ११ का दीपक कुमार निधी र डोटी शिखर ८ बस्ने २१ वर्षका रोहित बलायर रहेका छ्न्।
यस्तै, सिराहा लहान १२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी ३ बस्ने वर्ष २० का अनुज न्यौपाने, सिराहा गोलबजार ६ बस्ने वर्ष २१ कि ज्योति कुमारी साह, गुल्मी रुरु ५ बस्ने वर्ष २१ कि समीक्षा ज्ञवाली, काठमाडौँ कीर्तिपुर ८ बस्ने वर्ष २० कि प्रतिक्षा खड्का पनि घाइते भएका छन् ।
यस्तै, ओखलढुंगा घर भई भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० कि बिन्दा दाहाल, काठमाडौँ ९ एयरपोर्ट बस्ने १९ वर्षकी अनामिका थापा, कैलाली गोदावरी १० बस्ने वर्ष २१ को ध्रुवराज जोसी, भोजपुर ९ बस्ने वर्ष २० का पेसल बस्नेत, महोत्तरी जलेश्चर १ बस्ने वर्ष २२ कि रम्मा कुमारी, पाँचथर कुम्भायोग १ बस्ने वर्ष २३ को आदेश लावती पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।