
गोडैता : अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन्।
डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्न सफल भएका हुन्।
उनले २७७ मत प्राप्त गरेर विजयी भए भने ह्यारिसले जम्मा २२४ मत मात्र प्राप्त गरिन्।
ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।