आमा र छिमेकीको शव गाडीमा हालेर एक युवक प्रहरी चौकीमा पुगेपछी…

एजेन्सी । भारतको हरियाणा राज्यमा एक युवकले आफ्नै आमा र एक जना छिमेकीको शव गाडीमा हालेर प्रहरी कार्यालय पुगी आत्मसमर्पण गरेका छन् ।

सिरसा जिल्लाको सिकन्दपुरमा राजकुमार नाम गरेका युवकले आफ्नै आमा ४२ वर्षीय अंगुरी देवी र ४५ वर्षीय छिमेकी लेखराजको शव बोकेर प्रहरी कार्यालयमा पुगेको बताइएको छ ।

राजकुमारले दुवैको हत्या आफूले गरेको बयान प्रहरीसमक्ष दिएका छन् । प्रहरीलाई राजकुमारले जनाए अनुसार उनकी आमा अंगुरीदेवीले छिमेकी लेखराजसँग अवैध सम्बन्ध राख्दै आएकी थिइन् । बारम्बार सम्झाउँदासमेत आमाले अटेर गर्दै आएको बताएका उनले बिहीबार राति दुवैलाई आपत्तिजनक अवस्थामा फेला पारेको बताएका छन् ।

राति नै दुवैको हत्या गरेको राजकुमारले प्रहरी समक्ष बताएका छन् । उनी शुक्रबार बिहान स्थानीय समय अनुसार ९ बजे दुवै शव एउटा गाडीमा हालेर प्रहरी चौकी पुगेका थिए ।

डीएसपी राजेश कुमारले राजकुमारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सञ्चारमाध्यमलाई जनाएका छन् । दुवै शव परीक्षणका लागि अस्पताल पठाइएको उनले बताए ।

सम्बन्धित समाचार

सबै