छाेरीकाे घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् काेर्ट म्यारिज

एजेन्सी । छाेरीकाे घर उजाडेर ज्वाइँसँग एक महिलाले काेर्ट म्यारिज गरेको खबर प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको कानपुर देहात जिल्लामा यस्तो घटना भएको हाे ।

दुवैले विवाहकाे प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । अकबरपुर थाना क्षेत्र अन्तर्गत उक्त घटना प्रकाशमा आएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

ज्वाइँ- सासुले विवाहकाे प्रमाणपत्रसहित संयुक्त तस्बिर सामाजिक सञ्जालमा पाेस्ट गरेर आफूहरुकाे सम्बन्धमा स्वीकार गर्न र आशिर्वाद दिन आग्रह गरेका छन् ।

उनीहरुले कानपुर नगर काेर्टमा गएर वैवाहिक सम्बन्ध दर्ता गराएकाे बताइएको छ । यद्यपि यसबारे प्रहरीमा उजुरी नपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सासुसँग विवाह गरेको भनिएका पुरुषले पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरे नगरेको भन्नेबारे खुलाइएको छैन ।

सम्बन्धित समाचार

सबै