काठमाडौँ : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ।
अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
साथै यी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्यत्र आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक र दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।