सिन्धुलीमा भालुको आक्रमणबाट एकजनाको मृत्यु

लालबन्दी : सिन्धुलीमा भालुले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका छन्।

आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको जंगलमा बिहीबार छिमेकीको बाख्रा भालुले लगेको थियो। शुक्रबार गोपिलालसहित ७-८ जना बाख्रा खोज्न जंगल पुगेका थिए।

सोही क्रममा भालुले गोपिलालमाथि आक्रमण गरेको थियो। आक्रमणमा परेर उनको गर्दनको हड्डी र हातको नाडी भाँचिन पुगेको थियो।

प्रहरीका अनुसार उनको घटनास्थलमा मृत्यु भएको हो।

सम्बन्धित समाचार

सबै