
जनकपुर : नेपाली यु-१९ क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक गरेको छ।
सोमबार जनकपुरमा भएको जर्सी अनावरण कार्यक्रममा पूजालाई ‘फेस अफ द बोल्ट्स’को रूपमा चिनाइएको हो।
सोही क्रममा उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ।
कार्यक्रममा पूजाले आफूलाई फेस अफ द बोल्टस् बनाएर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जनकपुर टिमलाई धन्यवाद दिइन् ।
साथै उनले एनपीएलको पहिलो संसकरणमै मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर बोल्ट्सलाई सफलताको कामनासमेत गरिन्।
पूजाको कप्तानीमा रहेको नेपाल गत साता इतिहास रच्दै आइसिसी यू-१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको थियो।