सप्तरीबाट १७ क्विन्टल गाँजासहित टिपर चालक पक्राउ

लालबन्दी : सप्तरी प्रहरीले १७ क्विन्टल गाँजासहित एक जना पक्राउ गरेको छ।

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार हिजो सोमबार राति पौने १० बजे बालुवा र गिट्टीले छोपेर राखेको अवस्थामा राजगढ नगरपालिका-४ बाट १७ क्विन्टल ३६ किलो गाँजा बरामद गरिएको हो ।

पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राई रहेका छन् ।

गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालक राईलाई प्रहरीले पक्राउ गरेको हो।

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो ।

सम्बन्धित समाचार

सबै