महोत्तरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बालाई २० हजार घुससहित पक्राउ गरेको छ।
सवारी ज्यान कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्धा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई आयोगको टोलीले २० हजार घुससहित पक्राउ गरेको हो।
सवारी ज्यान मुद्धामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकवालाले पटक-पटक माग्न जादा यादवले घुस मागेको व्यहोरा सहित निवेदन अयोगमा दिएका थिए।
उजुरी आएपछि शुक्रबार आयोगबाट खटेको टोलीले यादवलाई सवारी ज्यान मुद्धामा मृत्यु भएका परिवारबाट लिएको घुससहित पक्राउ गरेको हो।
पक्राउ परेका यादवको बारे कागजात तयार भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको छ।