सिन्धुलीमा मोटरसाइकल दुर्घटना: बर्दिबासका युवकको मृत्यु

सांकेतिक तस्वीर

बर्दिबास : सिन्धुलीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कमलामाई-९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७प ६४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

भिमानबाट चन्दनपुरतर्फ जादै गरेको मोटरसाइकलका चालक बर्दिवास नगरपालिका-२ हङकङडाँडाका २५ वर्षीय नारायण श्रेष्ठ रहेका प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सम्बन्धित समाचार

सबै