लालबन्दीको तरकारी बजारमा पुरुषको शव फेला

लालबन्दी : लालबन्दी नगरपालिकामा आज एक जना मृत अवस्थामा फेला परेका छन्।

लालबन्दी नगरपालिका-४ करैया बस्ने ५५ वर्षीय धयनवा चौधरी नगरपालिकास्थित तरकारी बजार नजिकै रहेको पाकर गाछीको चौतारामा हिजो मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय लालबन्दी जानकारी दिएको हो।

मृतक चौधरीको शरीरमा कुनै प्रकारको चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ। शवलाई पोस्टमार्टमका लागि मलंगवा लगिएको छ।

सम्बन्धित समाचार

सबै