रामगोपालपुर-२ मा झण्डै ७१ प्रतिशत मत खस्यो, मतगणना सुरु

हरिवन : महोत्तरीको रामगोपालपुर वडा २ मा करिब ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

सर्वदलीय बैठकमा सहमति भएपछि साँझ ६:४५ बजेबाट मतगणना पनि सुरु भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

रामगोपालपुर नगरपालिका-२ माेहनपुरस्थित नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालयमा मतदान केन्द्रमा जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए।

उनका अनुसार  बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरी ७५५, त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरी ७५९ जम्मा १ हजार ५ सय १४ मत खसेको छ।

वडाध्यक्ष मुकेश कुमार यादवको हत्या भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो।

सम्बन्धित समाचार

सबै