
लालबन्दी : धनुषाधाम नगरपालिका-१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिल कापर विजयी भएका छन्।
उनले ६८४ मत ल्याएर कापर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अशोक मण्डलले ६०२ मत प्राप्त गरे।
जसपा नेपालका अजय यादवले ४९९ र नेकपा (एमाले)का प्रमोद यादवले ४९४ मत प्राप्त गरेका छन्।