धनुषामा उखु बोकेको ट्याक्टर दुर्घटना, चालकको मृत्यु

लालबन्दी : धनुषामा उखु बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

धनुषाको ढल्केबरबाट सिरहातर्फ जाँदै गरेको ज. १ त. ४११६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा त्यस्का चालक महोत्तरीको भंगहा-४ का २८ वर्षीय सुनिल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लालगढ मोडेल हस्पिटलमा लगिएकोमा त्यहाँ  चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै