महोत्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु, चालक सिरहाबाट पक्राउ

बर्दिबास : पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसले गएराति १२ः५० बजे ठक्कर दिँदा अन्दाजी ४५/५० वर्षको पुरुषको मृत्यु भएको हो।

उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तु जैसवालले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।

पैदलयात्रुलाई ठक्कर दिएर भागेको बसलाई सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। बसका चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेल रहेका र उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

सबै