
लालबन्दी : लालबन्दी प्रहरीले भन्सार छली गरी ल्याइएको गरी ल्याइएको लत्ताकपडा बरामद गरेको छ।
लालबन्दी नगरपालिका वडा नम्बर ७ बस्ने अशोक कुमार जोशीको घरमा कोठा भाडामा लिई भन्सार छलीका लुगाहरू लुकाइछिपाइ राखेको सूचनाका आधारमा बरामद गरिएको लालबन्दी प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले सर्लाही भन्सार कार्यालय मलंगवाको समन्वयमा भन्सार छलीका कपडाहरू बरामद गरेको जनाएको हो।
बरामद गरिएका कपडाहरूको मूल्य ४ लाख ४९ हजार अंकित मूल्य कायम गरी आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा पठाइएको लालबन्दी प्रहरीले जानकारी दिएको छ।
लालबन्दी प्रहरीले दिएको जानकारीअनुसार बरामद गरिएका लत्ताकपडाहरू यस प्रकार छन्।
१ गलबन्दी : ४९ थान
२ लेडिज गलबन्दी : ३० थान
३ कुर्ता सुरूवाल (ऊनीको) : २२ थान
४। कुर्ता सुरूवाल (सुतीको) : ५६ थान
५ कुर्ता सुरूवाल (सुती बुटेदार) : ३० थान
६ लेडिज सुईटर (ठूलो) : ७० थान
७ लेडिज सुईटर (सानो पातलो) : ९० थान
८ लेडिज कुर्ता : १७० थान
९ लेगीज : १६५ थान
१० कुर्ता : ११८ थान
११ कुर्ता सुरूवाल (बुटेदार) : १० थान
१२ ज्याकेट पुरुषको : ९४ थान
१३ ज्याकेट महिलाको : २१ थान
१४ लेडिजफ्रक : १० थान