
लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिकाबाट २२० बोरा रासायनिक मलखादसहित एक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार बिहान (राति डेढ बजे) लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित नवलपुर चोकमा नियमित चेकजाँचका क्रममा बिलबिजक नभएको उक्त ट्रक पक्राउ परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको हो।
लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १६०० नम्बरको ट्रकमा नेपाल सरकारबाट अनुदानित रासायनिक मल (आपूर्तिकर्ता) इन्डियन पोटाश लिमिटेड चेन्नाई लेखिएको मलखाद बोकेको गाडीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
उक्त गाडीसहित मलखाद आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको इप्रका लालबन्दीले जानकारी दिएको छ।