नवलपुर-मलंगवा सडकखण्डमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

लालबन्दी : सर्लाहीको नवलपुर-मलंगवा सडक खण्डअन्तर्गत फरहदवास्थित चिरान मिल नजिक ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

हिजो सोमबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक कविलासी नगरपालिका–७ का १९ वर्षका चन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

हरिपुर नगरपालिका–३ फरहदवास्थित चिरान मिल नजिक हरिपुरबाट मलंगवातर्फ आउँदै गरेको ज२त ४५२ नम्बरको बालुवा लोड गरेको ट्याक्टरलाई सोही दिशातर्फबाट आउँदै गरेको बीआर०५एक्यु ८७५९ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

सम्बन्धित समाचार

सबै