अवैध तरिकाले गिट्टी बालुवा उत्खनन गर्नेहरू भागे, जेसिबी नियन्त्रण

सिरहा : गोलबजार नगरपालिका-१ स्थित गागन खोलाबाट गैरकानुनी ढंगबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर (जेसीबी) र एक टिप्पर वन कार्यालयले नियन्त्रणमा लिएको छ।

मंगलबार चोहर्वास्थित सबडिभिजन वन कार्यालयको गस्ती टोलीले प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको टिपर नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख आविद हुसेनले जानकारी दिए।

डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विशेष सूचनाका आधारमा टोली खोलामा खटिएको थियो।

उक्त टोलीले मात्रै उक्त गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट थप टोली बोलाइएको थियो। उत्खननमा संलग्न व्यक्तिहरू भने भागेका बताइएको छ।

सम्बन्धित समाचार

सबै