लालबन्दी : रौतहटको चन्द्रपुरमा जारी एक दिवसिय त्रिकोणात्मक क्रिकेट प्रतियोगिताको उपाधि सर्लाहीले जितेको छ।
उपाधिका लागि आज भएको खेलमा सर्लाहीले हेटौँडालाई १२ रनले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको सर्लाहीले निर्धारित ३५ ओभरमा ३० ओभरमा अलआउट हुँदै १४९ रन बनाएको थियो।
सर्लाहीका लागि आरिफ राजाले ७५ बलमा ५६ रन बनाए भने परिमार्जन यादवले २३ बलमा ४३ रन बनाए। १५० रनको जवाफी लक्ष्य पछ्याएको हेटौँडा भने ३३ ओभरमा अलआउट हुँदै १३७ रनमै समेटियो।
सर्लाहीका राहुल महतोले ४ विकेट लिए भने निशान पटेलले ३ विकेट हात पारे। त्यस्तै निरोज यादवले एक विकेट लिए।
सर्लाही, रौतहट र हेटौंडा सम्मिलित त्रिकोणात्मक सिरिजको खेलमा हेटौँडालाई नै हराउँदै सर्लाही फाइनल पुगेको थियो। त्यसअघि सर्लाहीले रौतहटमाथि पनि ४ रनको जित निकालेको थियो।
प्रतियोगिताभरको म्यान अफ द सिरिज सर्लाहीका विशाल पटेल भए भने आजको खेलको म्यान अफ दी म्याच ४ विकेट लिने राहुल भए।