
हरिवन : सर्लाहीको बागमतीमा घाँस झार्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।
बागमती नगरपालिका-२ धरहरामा आज बिहान रूखबाट लडेर स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको मृत्यु भएको हो।
बिहान ९ बजेतिर रूखबाट लडेका उनलाई उपचाकार लागि हरिवनस्थित नमुना अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
मृतक भण्डारीको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरिएको छ।