आइतबारको मौसमः मधेश प्रदेशबाहेक अन्त एक दुई स्थानमा हल्का वर्षा हुने

काठमाडौँ : पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशभर साधरणतया देखि पूर्णतया बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनुको साथै पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको छ।

आइतबार पनि मधेशबाहेक ६ प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ।

पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ।

सम्बन्धित समाचार

सबै