
हरिवन : सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको जनाको मृत्यु भएको छ।
सोमबार (हिजो) राति करिब ९ बजे बरहथवा नगरपालिका ९ मधुवनी सडकखण्डको शान्तिचोकमा बरहथवाबाट हरिवनतर्फ जादै गरेको ज १ त ९८७६ नम्बरको उखु लोड भएको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको ज. ४ प. ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका वडा नम्बर ५ बस्ने हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको छ।
महतोको एड्भान्स सञ्जीवनी अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो भने दासको भने वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
दुर्घटना भएको १० मिनेटमै अस्पताल लगिए पनि महतो बाँच्न सकेनन्। उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बलरा नगरपालिका ७ बस्ने ३८ वर्षीय ट्याक्टर चालक वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएर दुर्घटनबारे अनुसन्धान थालेको छ।