जनमत पार्टीले आज धोती दिवस मनाउँदै

काठमाडौँ : सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउँदै छ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले यसबारे निर्णय गरेको थियो। पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ।

मधेशको मौलिकता धोतीमा झल्किने भन्दै जनमतले हरेक अंग्रेजी नयाँ वर्षलाई धोती दिवसका रूपमा मनाउँदै आएको छ।

सम्बन्धित समाचार

सबै