हरिवन – सर्लाहीको बरहथवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छ्न्।
बुधबार साँझ करिब साढे सात बजे नगरपालिकाको वडा नम्बर ९ मा मधेश प्रदेश-०३-०३३ प २७३९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ६० बर्षीय पटल सिंह महतोलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको हो।
घाइते महतोलाई उपचारका लागि स्थानीय ह्याप्पी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सोमबार यही ठाउँमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो।