४ वर्षअघि बुहारीको हत्या गरी फरार रहेको आरोपमा सासू पक्राउ

चन्द्रनिगाहपुर – बुहारीको हत्या गरी फरार भएको आरोपमा रौतहटकी एक महिलालाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी छन्।

खातुनले २०७७ साल जेठ ८ गते आफ्नै २२ वर्षीया बुहारी निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोची हत्या गरेको आरोप छ। घटनापछि उनी फरार थिइन्।

प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनलाई गढीमाई नगरपालिका-२ समनपुरबाट पुस २६ गते पक्राउ गरेको हो।

खातुनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको छ।

सम्बन्धित समाचार

सबै