उखु किसानले चार वर्षमा पाए चार अर्ब सात करोड अनुदान

काठमाडौँ : उखु किसानले चार वर्षमा चार अर्ब ७ करोड अनुदान पाएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८०/०८१ सम्ममा ४ अर्ब ७ करोड २४ लाख २१ हजार रुपैयाँ उखु किसानलाई अनुदान स्वरूप रकम वितरण गरेको हो । सो रकम २ लाख ७४ हजार ५ सय ७७ किसानलाई रकम दिएको मन्त्रालयको दाबी छ।

गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ३२ करोड ८० लाख ४९ हजार रुपैयाँ ६१ हजार ४५७ जना किसानले प्राप्त गरेका थिए। मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ९९ करोड

५१ हजार ३४ हजार रुपैयाँ ५२ हजार ९८ किसानलाई उखुको रकम अनुदान दिएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा ७७ करोड ९४ लाख ६४ हजार रुपैयाँ ४१ हजार २५ जना किसानलाई दिइएको थियो । आर्थिक वर्ष

२०७७/०७८ मा ९६ करोड ९७ लाख ७३ हजार रुपैयाँ ५१ हजार ४० किसानलाई उखुको रकम अनुदान स्वरूप अनुदान वितरण  गरिएको मन्त्रालयको तथ्याङ्क छ।

सम्बन्धित समाचार

सबै