नुवाकोटमा मोटरसाइकल दुर्घटना, सर्लाहीका युवक घाइते

सांकेतिक तस्वीर

गोडौता : नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका एक सहित आठ जना घाइते भएका छन्।

घाइते हुने सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर-६ का २४ वर्षीय वैजु साह रहेका प्रहरीले जनाएको छ। साहसँगै धादिङ नेत्रावती डबजोङ गाउँपालिका-२ की १७ वर्षीया पूर्णिमा तामाङ घाइते भएकी हुन्।

जिल्लाका विभिन्न स्थानमा मंगलबार भएको दुर्घटनामा आठ जना घाइते भएका हुन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

माघे संक्रान्ति पर्व मनाउन र आफन्तकहाँ जान लागेका बेला तीन स्थानमा भएका दुर्घटना भएका हुन्। तीनै स्थानमा मोटरसाइकल दुर्घटना भएको नुवाकोट प्रहरीले जनाएको छ।

त्रिदेशीय मार्गअन्तर्गत गल्छी-देवीघाट खण्डमा दुई र त्रिशुली-बेत्रावती सडकखण्डमा एउटा दुर्घटना भएको हो।

सो मार्गअन्तर्गत बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा बा.८४ प. ३८३६ नम्बर र प्र.३-०६०१प४६४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँले जानकारी दिए।

घाइतेहरूलाई त्रिशूली अस्पतालमा उपचार लागि लगिएको छ।

सम्बन्धित समाचार

सबै