धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषा : धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शुक्रबार बिहान क्षिरेश्वरनाथ-७ स्थित सडकमा बा. १३ च. ९२९२ नम्बरको कारले ज.८ प. ३६१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक मिथिला नगरपालिका-२ का २५ वर्षीय नागेन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

कार र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै