जनकपुरमा टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका व्यक्तिको मृत्यु

जनकपुरधाम : बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा जनकपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीको महोत्तरी गाउँपालिका-५ बस्ने वर्ष ६० का सत्यनारायण साह रहेका छन्।

जनकपुरधाम उपमहानगरपालिका-७ मा बाटो काट्दै गरेका पैदलयात्री साहलाई ना६ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ।

ट्रक चालक धनुषाको मिथिला नगरपालिका-११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित समाचार

सबै