
लालबन्दी : मधेश प्रदेश सरकारले शहीदहरूको स्मरणमा शनिवार एक लाख दीप प्रज्वलन गर्ने भएको छ।
शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गरी मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यस्तो जानकारी दिएका हुन्। एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिवार साँझ हुने बताए।
शहीदहरूको स्मरणमा मधेश प्रदेश सरकारले शुक्रवार विभिन्न अन्तरसंवाद कार्यक्रम गरेको पनि बताए। मधेश प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाइतेको उचित व्यवस्थापन र शहीद प्रतिष्ठानलाई समयानुकूल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रम गरेको बताए।
शहीद परिवारलाई आमन्त्रण गरेर प्रदेश सरकारले शहीदको सम्मानका लागि अभिनन्दन कार्यक्रम गर्ने पनि जानकारी दिए।