सर्लाहीमा स्करपियोले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु

सांकेतिक तस्वीर

लालबन्दी – सर्लाहीमा स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

गोडैता नगरपालिका-४ रोहुवामा बीआर ०५ एच ५७४८ नम्बरको स्कार्पिओले बीआर३० एए ४७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गोडैता नगरपालिका-९ का ४५ वर्षीय देवनारायण पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार साँझ स्कार्पिओले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि राति नै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कार्पिओ चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै