लालबन्दीबाट मरिन जाँदै गरेको बस पल्टियो

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका-१५ स्थित सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना भएको छ।

आज पौने चार बजे लालबन्दी बजारबाट सिन्धुलीको मरिण हुँदै छापतर्फ गइरहेको यात्रुबहाक बस चुरे पहाडमा साइड लगाउने क्रममा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले सर्लाही न्युजलाई बताए।

विपरीत दिशाबाट आउँदै गरेको जन्ती बसलाई साइड दिने क्रममा गाडी दुर्घटनामा परेको हो।

बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सको उक्त बसले चिप्लिएर खोल्सामा पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

बस झाडीमा पल्टिए पनि कुनै मानवीय क्षति भने नभएको र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट गएको प्रहरी टोलीको सहयोगमा उद्धारको काम भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाबारे लालबन्दी नगरपालिका वडा नम्बर १५ वडाध्यक्ष गोरख बहादुर बलले भने, ‘मलाई पनि पछि थाहा भयो। जन्तीको गाडी आको रैछ उताबाट, साइड दिने बेलामा दुर्घटना परेको रहेछ।’

उनका अनुसार पनि गाडीभित्र चालक मात्र रहेका र उनलाई सामान्य चोटपटक मात्र लागेको छ।

आफूले यसबारे बुझ्न वडा सदस्यलाई आग्रह गरेको उनले बताए। गाडीमा भएका मान्छे सबै उतारेर फर्किने क्रममा उक्त बस दुर्घटनामा परेको उनले सर्लाही न्युजसँग बताए। जन्तीको गाडीलाई भने कुनै क्षति नभएको उनको भनाइ थियो।

सम्बन्धित समाचार

सबै