सर्लाहीका नेहा र सत्यन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं : गृह मन्त्री रमेश लेखकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र र नेहाको विवाह प्रशंगलाई लिएर सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

जवाफ दिने क्रममा मन्त्री लेखकले समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोकल्पित र असत्य भएको प्रस्ट पारे ।

‘समाचार थाहा पाउदावित्तिकै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सबै तथ्य सार्वजनिक गर्न निर्देशनअनाुसार विवरण सार्वजनिक गरेको छ’, मन्त्री लेखकले भने, ‘तथापी त्रुटि देखिए छानविन गर्न तयार छु । नेहा र सत्येन्द्रको पुर्ण सुरक्षाको प्रत्याभुति हुन्छ ।’

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सुन्य र आकस्मिक समयमा उक्त घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए । त्यसक्रममा मन्त्री लेखकले अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको र कार्यन्वयन गर्ने जिम्मेवारी गृहमन्त्रालयको भएको भन्दै मन्त्रालय कानुन कार्यन्वयन गर्न प्रतिवद्ध रहेको बताए ।

सर्लाहीका सत्यन्द्र कुमार राम चमार र नेहा रौनियारमाथि अन्तरजातीय विवाह गरेकै कारण अत्याचार गरेको भनेर आएका समाचारलाई लिएर सांसदहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

सो घटनामा राज्यशक्तिको दुरुपयोग भएको सांसदहरुको भनाइ थियो ।

सम्बन्धित समाचार

सबै