
लालबन्दी : अन्तरजातीय विवाह गरेका बरहथवाका सत्यन्द्र राम र नेहा रौनियारलाई छुट्याउन खोजिएको भन्दै सर्लाहीमा आज प्रदर्शन भएको छ।
आज साँझ लालबन्दीमा प्रदर्शन भएको हो।
जात व्यवस्था उन्मुलन मोर्चाको आयोजनामा लालबन्दीस्थित मुख्य चोकमा साँझ सभा गरेर विरोध जनाइएको हो।
सभामा शारदा विश्वकर्मा, जीवन साह शंकरलगायतले राज्यले संरक्षण गर्नुपर्नेमा उल्टै गृहमन्त्री र प्रहरीका अधिकारी मिलेर अन्तरजातीय वैवाहिक जोडी सत्यन्द्र र नेहालाई छुटाउन लागिपरेको आरोप लगाइन्।
प्रदर्शनमा सहभागीले जातिवादी गृहमन्त्री राजीनामा गर्, जात व्यवस्था मुर्दावादलगायत नारा लगाएका थिए।