आज प्रजातन्त्र दिवस : देशभर सार्वजनिक बिदा

लालबन्दी : आज (बुधबार) देशभर प्रजातन्त्र दिवस मनाइँदै छ।

विसं २००७ को क्रान्ति सफल भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको हो।

निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ।

सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

सम्बन्धित समाचार

सबै