
लालबन्दी : महाकुम्भ स्नान गर्न गएका सर्लाहीका एक शिक्षकको सवारी दुर्घटनामा मृत्यु भएक छ।
ईश्वरपुर नगरपालिका–७ पोखरीटोल निवासी पूर्वशिक्षक विन्देश्वर सिंहको मृत्यु भएको हो।
भैरहवा नाकामार्फत भारततर्फ जाँदै गर्दा प्रयागराज नजिक भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको ज्यान गएको हो। उनी ईश्वरपुर नगरपालिका–३ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक थिए।
ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर भएका सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बस्दै आएका थिए। श्रीमती र अन्य आठ जना सदस्यसँगै कुम्भ मेलाका लागि भारत प्रस्थान गरेका उनी दुर्घटनामा परे पनि अन्य सबै सकुशल रहेका छन्।
नगर प्रमुख मनोजकुमार आचार्यले सिंहको निधनले नगरले एक बुद्धिजीवी गुमाएको भन्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।