अनिल र पूजा मधेश प्रदेशको कप्तानमा नियुक्त

लालबन्दी : अनिल कुमार शाह र पूजा महतो मधेश प्रदेशको कप्तान नियुक्त भएका छन्।

मधेश प्रदेश क्रिकेट संघले पुरुषतर्फ अनिल र महिलातर्फ पूजालाई कप्तानको जिम्मेवारी दिएको हो।

अनिलको कप्तानी जनकपुर बोल्ट्सले नेपाल प्रीमियर लिगको उपाधी जितेको थियो। पुजा नेपाली यु-१९ टोलीकी कप्तान हुन्। उनकै कप्तानीमा नेपालले यु-१९ महिला विश्वकप खेलेको थियो।

यसअघि पुरुषतर्फ हरिशंकर शाह र महिलातर्फ सरस्वती चौधरी मधेशको कप्तानको रुपमा थिए।

सम्बन्धित समाचार

सबै