सालकको खपेटाको कारोबार गर्ने सर्लाहीका एकसहित चारजना पक्राउ

लालबन्दी : गोकर्णेश्वर नगरपालिका-५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ५ सय ग्रामसहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सर्लाहीको बरहथवा नगरपालिका-९ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोटको बेलकोटगढी नगरपालिका-५ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्त बहादुर गुरुङ, ओखलढुंगाको मोलुङ गाउँपालिका-६ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरीको धरान उपमहानगरपालिका-१५ घर भई काठमाडौँ महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको छ।

सम्बन्धित समाचार

सबै