
लालबन्दी : फरार अभियुक्त पक्राउ गर्न प्रहरीले टोखामा गोली चलाएको छ। गोली लागेर एक व्यक्ति घाइते भएका छन्।
तीन वर्षअघि काठमाडौंको जोरपाटीमा गोली हानी सर्लाहीको हरिवन नगरपालिका-२ का लाल मोहम्मदको हत्यामा संलग्न गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डिएसपीको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली प्रहार गरेको हो।
२०७९ मा लाल मोहम्मदको हत्या भएको थियो। दुईजना सुटरले गोली हानेर भक्तपुरको गोठाटारमा २०७९ असोज ३ गते लाल मोहम्मदको हत्या भएको थियो।
कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए।