जसपाका पूर्वकेन्द्रीय सदस्य प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

मलंगवा : जनता समाजवादी पार्टी नेपालका नेपालका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा शुक्रबार आयोजित जनसभामा उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा भित्र्याएका हुन् ।

साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालमा भएको निर्वाचनमा एमालेसँग गठबन्धन गर्दा पनि पराजित भएका थिए।

पूर्वसांसद साहले गएको माघ १७ गते जसपा छोडेका थिए।

अहिले काङ्ग्रेस र एमाले पहिचानविरोधी दलको रूपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने उनले बताए।

अब आफू माओवादी आन्दोलनमा रहेर पहिचान, अधिकार र सुशासनको पक्षमा अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे।

उनीसँगै पूर्वप्रदेश सभा सदस्य निराकुमारी साह र जसपा नेपालका विभिन्न तहका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

सम्बन्धित समाचार

सबै