बैंकिङ कसुर मुद्दामा फरार महोत्तरीका व्यक्ति ललितपुरबाट पक्राउ

काठमाडौँ – बैंकिङ कसुर मुद्दामा फरार एक जना ललिपुरबाट पक्राउ परेका छन्।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टीकाथलीबाट महोत्तरीको भंगाहा नगरपालिका घर भई ललितपुर बस्दै आएका रामनाथ सिंहलाई पक्राउ गरेको हो।

५० वर्षीय सिंहविरुद्ध २०७७ माघमा उच्च अदालत पाटनबाट ११ लाख बिगो भराउने फैसला भएको थियो।

उपत्यका अपराध अनुसन्धानका अनुसार प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ ।

सम्बन्धित समाचार

सबै