
लालबन्दी – दोस्रो लालबन्दी महोत्सवमा दैनिक राष्ट्रिय कलाकार आएर आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।
लालबन्दी नगरपालिका – ९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजित महोत्सवमा आज सोमबार चर्चित गायक दुर्गेश थापाले प्रस्तुति दिने आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ।
आज साँझ थापासँगै टीका प्रसाई, सपना रोका, विश्वराम कार्कीलगायतको प्रस्तुति रहने बताइएको छ ।
महोत्सवमा हिजो चर्चित टिकटक स्टार प्रीति पासवानसहित कलाकारले प्रस्तुति दिएका छन् । आयोजकका अनुसार महोत्सवमा पासवानसहित गायक कमल खत्री, गायिका सिर्जना खत्री उर्फ हाउडेमाया लगायतले प्रस्तुति दिएर फर्किएका छन् ।
फागुन २३ गतेदेखि जारी लालबन्दी महोत्सव आगामी चैत ४ गतेसम्म सञ्चालन हुने छ ।